सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालय भवन निर्माण

। फोटो स्रोत ।
२०७५ पुष १२, ०२:३७

बैतडीको पाटन नगरपालिका–९ विजयपुरस्थित ज्ञानेश्वर माविमा रु ३२ लाख लगानीमा विद्यालय भवन निर्माण गरिएको छ।  
सांसद दामोदार भण्डारीको पहलमा शिक्षा विभागबाट ‘मल्टिस्टोर’ कार्यान्वयनअन्तर्गत तत्कालीन जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिश विष्टले जानकारी दिए। 
चार कोठे उक्त भवन निर्माणपश्चात् विद्यार्थी बस्नलाई सहज भएको छ। नवनिर्मित भवनमा हाल कक्षा ९ र १० का विद्यार्थी अध्ययन गर्छन्। भवनको हालै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। शिक्षा कार्यालयले अनुगमन गर्दा शैक्षिक गुणस्तर, भौतिक व्यवस्थापन, सरसफाइ, कक्षाकोठा व्यवस्थापनमा ज्ञानेश्वर मावि उत्कृष्ट रहेको पाइएको छ। उक्त विद्यालयमा चालू शैक्षिक सत्रबाट कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ।  
कूल ५६५ विद्यार्थी अध्ययनरत विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुने गरेको छ । ज्ञानेश्वर माविका सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बालउद्यान, बालमैत्री कक्षा, किशोरकिशोरीमैत्री सूचना केन्द्र, विपद् व्यवस्थापन सिकाइ केन्द्र स्थापना गरिएको छ । उक्त विद्यालय अहिले जिल्लाकै नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको छ । सामुदायिक विद्यालयले निजी विद्यालयजस्तै गर्नसक्ने उदाहरण बनाउन आफूहरु लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टको भनाइ छ । 
 

कमेन्ट लोड गर्नुस