कञ्चनपुरमालागुऔषध चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८ मंसिर ६, ०५:२६
धनगढी : कञ्चनपुरमा लागुऔषध चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको मिति २०७७ भदाै ९ गतेको फैसलाले १ वर्ष १ महिना कैद र १५ हजार जरिवाना भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन्।
भिमदत्त नगरपालिका वडा नम्बर ३ बस्ने ६८ वर्षीय उज्जल सिह ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका उनलाई अदालतबाट कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको जनाइएको छ।
कमेन्ट लोड गर्नुस