सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर ५, ०९:०३ खबर संवाददाता

धनगढी : बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार देहीमाण्डुबाट जन्ती बोकेर जादै गरेको म १ ज ३१० नम्बरको जीप दशरथ चन्द नगरपालिकाको कलुवामोडमा

दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ। घटनाको बिस्तृत विवरण आएको छैन भने दुर्घटनाको कारण खुलेको छैन।

कमेन्ट लोड गर्नुस