कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद
२०७८ मंसिर ५, ०६:५५
धनगढी : कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका वडा नम्बर ४ मा भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएको सामान मरामद गरेको हो।
३२ हजार ५ सय मुल्य बराबरको सय किलो चरीको बिउ र २ सय ५० किलो चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएको सामान आवश्यक कानुनी कारबामहिका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस