बाजुरामा मृत अवस्थामा चितुवा फेला
बाजुरा: बाजुरामा एक चितुवा मृत अवस्थामा फेला परेको छ। शुक्रबार बुढीगंगा नगरपालिका–६ फालासैन र त्रिवेणी नगरपालिका–८ कालापानीको बीचमा रहेको बुढीगंगा नदी किनारमा उक्त चितुवा भेटिएको हो।
घाइते अवस्थामा भेटिएको चितवाको उद्धार गर्न डिभिजन वन कार्यालयमा खबर गरेपछि चितुवा भएको ठाउँमा पुग्दा मृत्यु भइसकेको थियो। शनिबार पोष्टमार्टम गर्दा पेटमा थुप्रै जुका भेटिएकोले चितुवा रोगले मरेको हुनसक्ने जिल्ला पशुसेवा कार्यालका कार्यालय प्रमुख पशुपति नाथले बताएका छन्।
अन्दाजी १५ वर्षीय उक्त मृत चितुवालाई सरोकारवाला सबैको रहोबरमा खाल्डोमा पुरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजन कुँवरले बताए।