सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा काँग्रेसको निर्वाचनः ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति चयन

२०७८ मंसिर ४, ०३:५६ खबर संवाददाता

कञ्चनपुर: नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत कञ्चनपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका पदाधिकारी निर्वाचन प्रक्रियाबाट चयन भएका छन्। शुक्रबार भएको निर्वाचनमा ६ वटै प्रदेशसभामा नेतृत्व चयन भएका हुन्। 
निर्वाचन क्षेत्र नं १ को १ मा सभापति पदमा मानबहादुर रोकाया निर्वाचित भएका छन्। यस्तै निर्वाचन क्षेत्र नं १ को २ मा सभापतिमा चेतनकुमार राई निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नं २ को १ मा झंकर खड्का (पुरन) सभापतिमा निर्वाचित भएका छन् भने,  क्षेत्र नं २ कै २ मा सभापतिमा करनसिंह ऐर विजयी भएका छन्।  निर्वाचन क्षेत्र नं ३ को (१ मा पदमराज अवस्थी र क्षेत्र नं ३ को २ मा पुष्कर जोशी सभापतिमा निर्वाचित भएका छन्।

कञ्चनपुरबाट काँग्रेसको केन्द्रीय राजनीतिमा छवि बनाएका लेखक र साउद निकटबीच अधिवेशनमा कडा प्रतिस्पर्धा भइरहेको छ। ६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ४ क्षेत्रमा साउद–विष्टको प्यानल विजयी भएको छ भने २ क्षेत्रमा लेखकको प्यानल विजयी भएको छ। 

 

कमेन्ट लोड गर्नुस