कञ्चनपुरमा १६३ तोला सुन र १० देशका लाखौं मुद्रा बरामद, भारतमा भएको थियो चोरी
धनगढी: कञ्चनपुरमा भारतबाट चोरी भएको १६३ तोला सुन र लाखौं रकमसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की अन्दाजी ३८ वर्षीया बिस्नु शाही रहेका छन्। भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ।
लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना, बिदेशी मुद्रा, पत्थर र ४ थान ल्यापटप बरामद गरेको गणले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।
उनीहरुका साथबाट बरामद भएका गहना र सामान निम्न छन्:
भारतीय रु: ४३९००
हङकङ डलर: ४०
थाईल्याण्ड भाट: १२६०
युएसए: १००५
क्यानडियन डलर; २८१०
मलेसियन रिङ्गिट: २३
सिङ्गापुर डलर: १८
कतार रियाल: १
दुबई दिराम: १३०
चाईना युवान: १६
सुन जस्तो देखिने पहेलो धातु बिना पत्थर: ३७ तोला ११ आना
सुन जस्तो देखिने पहेलो धातु पत्थरसहित: १२६ तोला २ आना
पत्थर: १९९८ ग्राम
ल्पाटप: ४ थान