कैलाली फाइनल प्रवेश, अछाम फराकिलो अन्तरले पराजित
धनगढी : १९ वर्षमूनिको सुदुरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलाली फाइनलमा प्रवेश गरेको छ। आजको सेमिफाइनल खेलमा अछामविरुद्ध ११३ रनको फराकिलो जित निकाल्दै कैलाली उपाधि नजिक पुगेको हो। अछामविरुद्द टस जित्दै ब्याटिङ्ग रोजेको कैलालीले निर्धारित ५० ओभरको खेलमा ब्याटिङ्ग गर्दै सम्पूर्ण विकेट गुमाएर १६४ रन जोड्न सफल भएको थियो।
कैलालीका लागि कप्तान नारायण जोशीले सर्वाधिक ३७ रन बनाए भने अर्जुन साउदले २६ रनको योगदान दिएका थिए। जवाफी ब्याटिङ गर्दै अछामले १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै ५१ रनमा समेटियो। बलिङतर्फ कैलालीका कप्तान नारायण जोशीले ह्याट्रिक सहित ४ विकेट लिए भने शेर मल्लले पनि ४ विकेट लिए।