यू–१९ को सुदूरपश्चिम प्रदेशस्तरीय छनोटः सेमिफाइनल समीकरण पूरा
विनोद सिंह विष्ट, बैतडी : वाइवाइ उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल समीकरण पूरा भएसँगै अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगा लागेको छ।
समूह ‘ए’ बाट विजेता बन्दै कञ्चनपुर र उपविजेता हुँदै अछाम सेमिफाइनल पुग्यो भने समूह ‘बी को बिजेता बन्दै कैलाली र उपविजेता बन्दै बैतडी अन्तिम चारमा पुगेको छ। अब कञ्चनपुरस्थित कभर्डहल मैदानमा कञ्चनपुर र बैतडी भिड्दा, खुलामञ्च मैदानमा कैलाली र अछाम फाइलनका लागि प्रतिस्प्रर्धा गर्नेछन्।
कात्तिक २४ गतदेखि जारी प्रदेशस्तरिय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो। छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमूनिको टोली बनाइने भएको छ। उक्त टोली उन्नाइस वर्षमूनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ।
नेपाल क्रिकेट संघको आयोजनामा अगामी मंसिर ४ गतेदेखि उन्नाइस वर्षमूनिको राष्ट्रिय हुँदैछ।