सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडी हाटमा जाँत !

२०७८ कार्तिक २९, ०४:०३ खबर संवाददाता

धनगढीः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ को हाटमा जाँत (मेला) लाग्दै छ। बसन्तपुर बजारसँग जोडिएको गिरेगाडामा हरेक वर्ष हरिबोधनी एकादशीको दिन जाँत हुने गरेको छ।

गिरेगाडा जाँतमा स्थानीय राताशिला समैजीको मन्दिरमा पूजा लाग्ने गर्दछ। राताशिला समैजी पुर्चौडी क्षेत्रको प्रशिद्ध तिर्थस्थल त्रिवेणी घाटमा अवस्थित देवस्थल हो। गिरेगाडाको जाँत हेर्न दार्चुला र बझाङबाट समेत मान्छे आउने गर्दछन्।
 

कमेन्ट लोड गर्नुस