कप्तान ज्ञानेन्द्रसहित ४ जनालाई क्यानले किन सोध्यो स्पष्टिकरण ?
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई स्पष्टिकरण सोधेको छ। ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टिकरण सोधिएको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए।
खेलाडी वर्गीकरणका विषयमा कप्तान ज्ञानेन्द्रसहित ४ जनाले एक अनलाइन सञ्चार माध्यममा भिडियो अन्तवार्ता दिएर असन्तुष्टि जनाएका थिए। उनीहरुले क्यानले विभेद गरेको आरोप लगाएका थिए। सोही विषयमा उनीहरुलाई स्पष्टिकरण सोधिएको कार्यबाहक सचिव मल्लले बताए।
क्यानले अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि खेलाडी वर्गिकरण गरेको थियो।