सुदूर नेपाललाई विश्वसँग जोड्दै

ससुराको हत्या, बुहारी प्रहरीको नियन्त्रणमा

। फोटो स्रोत ।
२०७५ पुष १०, ०९:५२

अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ।  
मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन्। टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ। घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो।
लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए। लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन्। “हत्याबारे केही खुल्न सकेको छैन,” प्रहरी निरीक्षक बोगटीले भने। मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए।रासस
 

कमेन्ट लोड गर्नुस