भारतमा हुने कराँते प्रतियोगिता खेल्न कैलालीका २० जना खेलाडी प्रस्थान
धनगढी: भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० जना खेलाडीको बिदाई गरिएको छ। भारतको गुजरात राज्यको अमृतसरमा १३ र १४ नोभेम्बरमा आयोजना हुने किजी ओपन इन्डो नेपाल कराँते च्याम्पीयनसिप खेल्ने कैलालीका २० जना खेलाडीहरुको एक कार्यक्रम गरी बिदाई गरिएको हो।
कैलालीको जानकी गाउँपालिकाका खेलाडीहरुलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललीत खत्रीले बिदाई गर्दै जितको शुभकामना दिएका छन्। जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले पनि खेलाडीहरुको बिदाई गरेकी छिन्।
२० जना खेलाडी सम्मिलित टीमको प्रशिक्षकमा बालकुमार महतो र व्यवस्थापकमा राजेन्द्र चौधरी रहेका छन्। टोली आज नै भारत प्रस्थान गरेको छ। टीमलाई ट्रयाकसुट र यातायातको व्यवस्था जानकी गाउँपालिकाले गरेको गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले बताइन्।