बाजुरामा एक युवक मृत भेटिए
२०७८ कार्तिक २५, ०३:५२
बाजुरा: बाजुरामा एक युवक मृत भेटिएका छन्। जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा मृत भेटिएका हुन्।
चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए। उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस