सङ्क्रमित शून्य जिल्ला दुई
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेले आज सङ्क्रमति शून्य रहेका जिल्ला दुई रहेको बताउ। उन्का अनुसार हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४७४ जनासङ्क्रमण मुक्त लिई घर फर्किएका छन्। योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ७८० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको छ।
मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार कोरोना सङ्क्रमणबाट आज छ जनाको मृत्यु भएको जानकारी दिउ। हालसम्म सङ्क्रमणबाट ११ हजार ४६० को मृत्यु भएको छ । मङ्गलबार एक जनाको मृत्यु भएको थियो।
होमआइसोलेसशन सात हजार पाँच, संस्थागत आइसोलेशनमा ५१४, सघन उपचार कक्ष ९आइसियु०मा १८९ र भेन्टिलेटरमा ५३ जना छन् । यस्तै आज १६ हजार ५२९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। आज लगाएकासँगै हालसम्म ८७ लाख ५० हजार ९६० ले पहिलो मात्रा र ७४ लाख ८२ हजार १९५ ले पूर्ण मात्राको खोप लगाएका छन्।