बाजुराका खाद्य डिपोमा चामल सकियो
बाजुरा: जिल्लाका मार्तडीमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल अभाव भएको छ। जिल्ला भरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि चामल लिन पुगेका सेवा ग्राही रित्तो हात फर्किने गरेका छन्।
खाद्य डिपोमा चामल यही कात्तिक १७ गतेसम्म वितरण भएको र यसपछि वितरण गर्न नसकेको लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताएका छन्। डिपोमा चामल सकिएको जनाउँदै आकस्मिकबाहेक बिक्रीमा रोक लगाएको डिपो प्रमुख ओझाको भनाइ छ।