सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा डडेल्धुराको अध्यक्षमा भण्डारी

२०७८ कार्तिक २३, ०६:२२ खबर संवाददाता

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराको अध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन्। मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। पार्टीको जिल्ला उपाध्यक्षमा पार्वतीदेवी पनेरु, गणेश भण्डारी र जयराज अवस्थी चयन भएका छन्।

यस्तै सचिवमा सुरेश तोलाङ्गी, कोषाध्यक्षमा सागर नगरकोटी, सह–सचिवमा कविता जोशी र प्रवक्तामा विमल जैरु चयन भएका छन्। अधिवेशनबाट प्रदेश 'क' र 'ख' को कार्यसमिति समेत चयन भएको छ। प्रदेश 'क' को अध्यक्षमा धर्मानन्द भट्ट चयन भएका छन् भने प्रदेश 'ख' मा खेमराज पनेरु अध्यक्षमा चयन भएका छन्। यस्तै अमरगढी नगरपालिकाको अध्यक्षमा प्रविन जैरु चयन भएका छन्।

 

कमेन्ट लोड गर्नुस