सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अझै साढे ११ लाखले कारोना भाइरस विरुद्धको खोप पाउन बाँकी

२०७८ कार्तिक २३, ०५:५९ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा झण्डै ४० प्रतिशत जनसंख्याले कोभिड विरुद्ध खोप पाएका छन्। प्रदेशका सबै जिल्लामा १९ लाख ४८ हजार ३ सय ८८ जना कोरोना खोप लगाउनुपर्ने जनसंख्या छ। हालसम्म लक्षित जनसंख्याको ३३ दशमलव ४ प्रतिशतले पूर्ण खोप तथा ३९ दशमलव २ प्रतिशतले पहिलो मात्रा पाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त प्रमुख प्रमुख ओम जोशीले बताए। प्रदेशमा हालसम्म कोभिड विरुद्धको १५ लाख १३ हजार २ सय मात्रा खोप आएको उनले बताए। 

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोभिसिल्डको ३ लाख १८ हजार मात्रा आएको छ। यसैगरी अस्ट्राजेनिका १ लाख ९९ हजार तथा जोन्सन एण्ड जोन्सनको १ लाख ३६ हजार ८ सय मात्रा खोप आएको छ। सबैभन्दा धेरै भेरोसिल खोप १० लाख ५८ हजार ४ सय मात्रा आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदम विष्टले जनाए। ‘सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ४ किसिमको खोप आएको छ’ उनले भने, ‘हाल भेरोसेलको ५६ हजार ४ सय मात्रा तथा कोभिशिल्डको ४ हजार ५ सय मात्रा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा मौज्दात रहेको छ।’

सुदूरपश्चिमकाे बाजुरा र दार्चुलामा १८ वर्षमाथिका सबैले खोप पाएको भएपनि अन्य जिल्लामा भने ४० वर्षमाथिको सबै जनसंख्याले कोभिड विरुद्धको खोप पाएको दाबी गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस