अछाममा पुरुष मृत भेटिए
अछाम: अछाममा एक पुरुष मृत भेटिएका छन्। रामारोशन गाउँपालिका वडा नम्बर ६ भाटाकाटीयाका ३० वर्षीय गगने साउँदको शव भेटिएको हो। साउँद कात्तिक २१ गते भारतबाट मुजाबगर पुगेका थिए। तर उनी आज स्थानीय टुडिसैन सालघाडी भिरमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष उदयबहादुर साउँदले बताए। भारतबाट आएका उनी घर नपुग्दै मृत अवस्थामा भेटिएका हुन्।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामको टोली खटिएको प्रहरी निरीक्षक गङ्गादत्त बडूले बताए।