सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्चौडीको हाटमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

२०७८ कार्तिक २२, ०७:१५ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौडी नगरपालिको केन्द्र हाटमा पहिलो पटक राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ। सोमबार हाटमा राष्ट्रिय प्रसारणको बिजुली बालिएको वडा अध्यक्ष गणेशबहादुर गडालले बताए।

जय दुर्गे चमेलिया सामुदायिक ग्रामिण विद्युत सहकारी संस्थाले पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा विद्युतिकरण गरेको हो। यस अगाडि वडा नम्बर २ मा राष्ट्रिय प्रसारणको विजुली पुगेको छ।

कमेन्ट लोड गर्नुस