सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर किशोरीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १९, ०३:०६ खबर संवाददाता

बझाङः बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्गाथली गाउँपालिका ३ रकैलका प्रेम बहादुर धामीकी १३ वर्षीया छोरी शशिकला धामीको मृत्यु भएको हो। 

उनको शुक्रबार दिउँसो १२ः ३० बजे  घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको छ। उनी घाँस काट्ने ठाउँबाट करिब ३०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस