सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते

२०७८ कार्तिक १८, ०७:३२ खबर संवाददाता

धनगढी : बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका ७ बाँधु बगरमा जीप दुर्घटना भएको हो। कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए। 

जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घाइते भएको र ९ जना सकुसल रहेको उनले बताए। घाइतेको कोल्टीमा उपचार भयरहेको प्रहरी निरीक्षक साउदले बताए। 
 
 

कमेन्ट लोड गर्नुस