सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका नौ स्थानीय तहले बुझाएनन् रिक्त दरबन्दी विवरण

२०७८ कार्तिक १७, ०३:३९ खबर संवाददाता

धनगढीः बझाङ जिल्लाका १२ स्थानीय तहमध्ये ९ स्थानीय तहले रिक्त कर्मचारीको विवरण प्रदेश लोक सेवा आयोगलाई पठाएका छैनन्। चार महिना अगाडि प्रदेश लोक सेवा आयोगले रिक्त दरबन्दीको विवरण पठाउन प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गरेको भएपनि बझाङका तीन स्थानीय तहले मात्रै विवरण पठाएको प्रदेश लोक सेवा आयोगले जनाएको छ।

बझाङका मष्टा गाउँपालिका, थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिकाले मात्रै रिक्त दरबन्दीको विवरण पठाएका हुन्। जिल्लका जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका लगायत तलकोट, खप्तडछान्ना, बित्थडचिर, सूर्मा, छबिसपाथिभेरा, केदारस्यू र साइपाल गाउँपालिकाले रिक्त दरबन्दीको विवरण पठाएका छैनन्।

प्रदेश लोक सेवा आयोगले भने सबै स्थानीय तहबाट रिक्त दरबन्दीको विवरण प्राप्त हुनासाथ विज्ञापन गर्ने तयारीमा रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस