सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तास खेलिरहेका ११ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १५, ०१:०४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाइ पक्राउ गरेको छ। जिल्लाको भिमदत्त नगरपालिका ४ गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धि सागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसियसनमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

उक्त एसोसियसनमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस