टेकबहादुर चोखाल स्मृति कपः ३ टिम सेमिफाइनलमा
धनगढी: दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगितामा ३ वटा टिम सेमिफाइनल प्रवेश गरेका छन्। शनिबारदेखि धनगढीमा जारी प्रतियोगिताको दोस्रो दिन भएका खेलका आधारमा ३ वटा टीमहरु अन्तिम चारमा पुगेका हुन्। चौथो टिमको टुङगो भने सोमबार बिहान हुने खेलले टुङगो लगाउनेछ।
प्रतियोगितामा धनगढीका वडा नम्बर ५, वडा नम्बर ४ र वडा नम्बर ७ सेमिफाइनल पुगेका छन्। वडा नम्बर ५ ले गोदावरी वडा नम्बर ८ नआएपछि वाकओभर पायो भने वडा नम्बर १२ लाई हराएर वडा नम्बर ७ पनि सेमिफाईनल प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ४ पनि गोदावरी वडा नम्बर १ लाई पराजित गर्दै अन्तिम चारमा पुगेको छ। सोमबार बिहान धनगढीको वडा नम्बर १ र वडा नम्बर ३ ए बीच हुने खेलले टुङगो लाग्नेछ। सोमबार नै सेमिफाइनल र फाइनल खेल हुनेछ।
पहिलो सेमिफाइनलमा वडा नम्बर ४ र ५ प्रतिस्पर्धा गर्नेछन्। दोस्रो सेमिफाईनलमा वडा नम्बर ७ र वडा नम्बर १ र वडा नम्बर ३ ए बीचको विजेता प्रतिस्पर्धा गर्नेछन्।
धनगढीको फल्याटल्याण्ड फुटसलमा उक्त प्रतियोगिता सञ्चालन भइरहेको छ। दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजारसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।