कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ
धनगढीः कञ्चनपुरमा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। कार्तिक ७ गते बेलौरी नगरपालिकाका ४ बेलौरीको माथिल्लो बजारमा मोटरसाइकल चोरी भएका थिए। केएम ईन्टरप्राईजेज बजाज सोरुमबाट सटरको ताला र सिसाको ढोका फोडेर उनीहरुले ३ वटा मोटरसाइकल चोरी गरेका थिए।
प्रहरीले चोरी घटनाको अनुसन्धान थालेपछि सोरुमबाट मोटरसाइकल चोरी गर्ने शुक्लाफाँटा नगरपालिका वडानम्बर ११ कलवापुरका २० वर्षीय विवेक बम, वडानम्बर १२ का १९ वर्षीय ठग्गी राना, वडानम्बर १ का १९ वर्षीय पारस बिष्ट र १८ वर्षीय किरन नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि कानून बमोजिम कारवाहीको तयारी भइरहेको बताइएको छ।