सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार, धनगढी ल्याईयो

२०७८ कार्तिक १३, ०१:२१ खबर संवाददाता

बझाङः बझाङमा हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको केदारस्युँ गाँउपालिका वडा नम्बर ८ लोतुकी २२ वर्षीया लक्ष्मी खत्रीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

खत्रीलाइ धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ। लोतु सामुदायिक स्वास्थ्य ईकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार विहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी विहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिईन। साँझ अवेर सम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने अवस्था आएको भन्दै खत्रीलाई धनगढी ल्याईएको हो।

जयपृथ्वी राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध भएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको बताईएको छ।
 

कमेन्ट लोड गर्नुस