सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बाख्रा चोर पक्राउ

२०७८ कार्तिक १३, १०:२८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा बाख्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरका १८ वर्षीय ओम प्रकाश भण्डारी रहेका छन्। 

सोही नगरपालिकाको वडा नम्बर ५ वनसमितिकी लक्ष्मी ऐडीको घरबाट बाख्रा चोरी गरेको आरोपमा उनालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको हो। भण्डारीलाई शनिबार विहान २ बाख्रासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

पक्राउ परेका भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस