सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वडास्तरीय जुगेडा लिग आयोजना हुने

२०७८ कार्तिक १२, ०४:१७

धनगढीः धनगढीमा वडास्तरीय जुगेडा लिग आयोजना हुने भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडामा वडास्तरीय जुगेडा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो।

दिपावलीको अवसरमा स्थानीय हनुमाननगर युवा क्लबले उक्त प्रतियोगिताको आयोजना गर्ने जनाएको छ। प्रतियोगिता कात्तिक १६ गतेदेखि सुरु हुने बताइएको छ। प्रतियोगिताको प्रथम पुरस्कार नगद रू ३० हजार साथै ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार १५ हजार साथै ट्रफी मेडल र प्रमाणपत्र रहेको छ।

उक्त प्रतियोगितामा सातवटा टीम हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि करिब १ लाख लाग्ने अनुमान रहेको छ।
 

कमेन्ट लोड गर्नुस