सुदूरपश्चिममा अटो मोबाइल्सको कारोवार १५ अर्ब पुग्यो
धनगढीः सुदूरपश्चिम प्रदेशमा अटो मोबाइल्सको कारोवार १५ अर्बपुगेको सुदुरपश्चिम अटो मोबाइल्स डिलर्स एसोसिएसन (साडा) ले जनाएको छ। प्रत्येक वर्ष अटो मोबाइल्सको कारोवारमा वृद्धि हुँदै गएको र हाल १५ अर्व पुगेको साडाले जनाएको हो।
शुक्रवार सवारी बिक्रेताहरुको संस्था नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले धनगढीमा आयोजना गरेको अटो मोबाइल्स विक्रेताहरुसँगको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम अटो मोबाइल्स डिलर्स एसोसिएसन (साडा) का अध्यक्ष पुष्कर ओझाले विशेष गरी कैलाली र कञ्चनपुरमा अटो मोबाइल्स विस्तारसँगै वार्षिक १५ अर्व भन्दा बढिको साना तथा मध्यम खालका सवारीसाधनको कारोवार हुने गरेको जानकारी गराए।
आगामी नयाँ नेतृत्व चयनका लागि देशव्यापी छलफल गर्ने क्रममा नाडाको टोली धनगढी पुगेको छ। मंसिर २२ र २३ गते सम्पन्न हुने अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्न नाडाले ७ वटै प्रदेशमा छलफल चलाएको छ। नाडाको नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष करण चौधरीलाई जिताउन व्यवसायीहरुसँग घनिभुत रुपमा छलफल चलाइएको हो।
चौधरी ग्रुपकाका कार्यकारी निर्देशक समेत रहेका चौधरीले अटो मोबाइल्ससँग आवद्ध व्यवसायहरुको समस्या र चुनौतिको विषयमा परिचित रहेकाले आगामी नेतृत्वका लागि सुदूरपश्चिमको साथ रहने अपेक्षा समेत गरेका छन्। साडामा आबद्ध सुदूरपश्चिमका व्यवसायीहरुको नयाँ नेतत्व चयनमा बलियो साथ रहने अपेक्षा चौधरीले गरेका छन्। साडामा मात्र एक सय ५० को हाराहारीमा व्यवसायी आवद्ध छन्। कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आगामी नेतृत्वका लागि करण चौधरी नै उपयुक्त पात्र भएको दाबी समेत गरे।