महेन्द्रनगर–दिल्ली बस सेवा फेरि सञ्चालन
धनगढी : महेन्द्रनगर–दिल्ली बस सेवा फेरि सञ्चालनमा आएको छ। कोरोनाको पहिलो लहर सुरु भएपछि महेन्द्रनगरबाट दिल्ली र देहरादूनका लागि छुटने बस सेवा बन्द भएकोमा शुक्रबारदेखि फेरि सुरु भएको हो।
महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तका अनुसार प्रालिले भारतको उत्तर प्रदेशको परिवहन निगमसँगको सहकार्यमा नेपाल–भारत मैत्रि बस सेवा सुरु गरिएको थियो। कोरोना सुरु हुनुभन्दा पहिले दैनिक नेपाल र भारतका ९ वटा गाडी सञ्चालनमा थिए।