सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पटाकासहित झण्डै डेढ लाखको अवैध सामान बरामद

२०७८ कार्तिक १२, १०:४२ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा पटाकासहित झण्डै डेढ लाखको अवैध सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको टोलीले एक लाख १७ हजार ९४० बराबरको अवैध सामान बरामद गरेको हो। अवैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको मोबाइल पार्ट्स, मिठाई र पटाका बरामद गरी आवश्यक कारर्बाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस