सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कार्तिक ११ देखि कोरोना खोपको दोस्रो मात्रा लगाइने

२०७८ कार्तिक ९, ११:४३ खबर संवाददाता

धनगढी: बाजुरामा यही कार्तिक ११ गतेदेखि कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाइने भएको छ। असोज ११ देखि १४ गतेसम्मको अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

दोस्रो मात्रा लगाउनेमा करिब २३ हजार जना रहेको कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए। बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएका कारण यातायातका साधानहरु पहिलेझैँ चल्न नसकेका हुँदा धनगढीबाट थप खोप लैजान समस्या भएकाले पहिलो खोप लगाउन छुटेकाहरुलाई भने तत्कालै लगाउन नसकिने उनले बताए। 

कमेन्ट लोड गर्नुस