कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा ८ सय परिवार विस्थापित
धनगढी : अविरल वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बरमा १० मा ८ सय घरपरिवार विस्थापित भएका छन्। महाकाली र जोगबुडा नदीको बाढी बस्तीमा पस्दा ती घरहरुमा भएको सम्पूर्ण अन्नपात नष्ट भएको र पशुचौपायामा समेत क्षति भएको नगरप्रमुख वीरबहादुर सुनारले बताए।
बाढी पसेको घरहरुमा लेदो र बालुवा पसेको कारण बस्न अझै समस्या भइरहेको नगर प्रमुख सुनारले बताए। विस्थापित परिवारलाई राहत दिन तथ्यांक संकलन भइरहेको नगर प्रमुख सुनारले बताए। विस्थापितहरुको स्कुलमा अस्थाइ वासस्थानको व्यवस्था मिलाइएको बताइएको छ।