धनगढी विमानस्थलमा एक सातासम्म उडान बन्द गर्ने तयारी
नागरीक उड्यान प्राधिकरण धनगढीले, धनगढी विमानस्थलबाट हुने उडान झण्डै एक साताका लागि बन्द गर्ने तयारी गरेको छ। बर्षातको पानीले विमानस्थलको धावनमार्गमा केहि समस्या आएकोले मर्मतका लागि एक साता सम्म उडान बन्द गर्ने तयारी भईरहेको हो। नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढथापाका अनुसार बर्षातको पानीले विमानस्थलको धावनमार्ग दवेकाले मर्मतका लागि पौष १० गतेदेखि १७ गते सम्म विमानस्थल बन्द गर्ने तयारी भईरहेको छ।
उनले सो समयमा विमानस्थल बन्द गर्नका लागि केन्द्रको नागरीक उड्यान प्राधिकरणलाई अनुमती मागेको बताए। आज साँझ सम्म केन्द्रको नागरीक उड्यान प्राधिकरणले सो समयमा विमानस्थल बन्द गर्ने वा नगर्ने विषयमा जानकारी नगराएको धनगढी प्रमुख बुढथापाले बताए। उनले नागरीक उड्यान प्राधिकरणले अनुमती दिए अनुसार विमानस्थल बन्द गरेर मर्मत गर्ने तयारी भईरहेको बताए।