डोटी उद्योग वाणिज्य संघ उपशाखा बिस्तार अभियानमा
डोटी-डोटी उद्योग वाणिज्य संघले आफ्नो पुर्बिचौकि गाउँपालिकाको सानागाउँमा उपशाखा बिस्तार गरेका छ। आज साजघाटमा एक समारोहका बिच डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्बीचौकि गाउपालिका उपशाखाको तदर्थ समिति गठन भएको हो।
बल बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ तदर्थ समिती चयन भएको हो। जसमा उपाध्यक्षमा बृजबहादुर खड्का र पशुपति खड्का रहेका छन्। महासचिवमा जगदीश खड्का, सचिवमा राम बहादुर खड्का, कोषाध्यक्ष उत्तरा बोगटी चयन भयका छन्। यस्तै सदस्यहरुमा धर्मभक्त कठायत, अमृत सोप, निर्मला खड्का, अमिता गिरि र कैलास खड्का रहेका छन्। अध्यक्ष चयन भएका बलबहादुर खड्का डोटी उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष तथा बर्तमान सल्लाहकार सदस्य हुन.।
यस अघि डोटी उद्योग बाणिज्य संघले जोरायल गाउँपालिकाको बुडरमा पनि उपशाखा बिस्तार गरेको छ। जोरायल, बुडर तथा आसपासका क्षेत्रमा रहेका उद्योगी तथा ब्यापारीहरुको भेलाबाट डम्मरबहादुर पुनमगर अध्यक्षमा जोरायल गाउपालिका स्तरीय समिति चयन भएको हो। यस्तै केआई सिह गाउँपालिकामा पनि नरेश खड्काको अध्यक्षतामा डोटी उद्योग बाणिज्य संघको केआई सिह गाउँपालिका उपशाखा गठन गरिएको संघका अधिकृत नरेश ओझाले जानका्री दिए। आफ्नो टिमले चुनावी नारामा समेत ऐजेण्डाका रुपमा राखेको हुदा र स्थानीय व्यापारीहरुको मागका आधारमा उपशाखा बिस्तार गरिएको डोटी उद्योग बाणिज्य संघका महासचिव दिपक खड्काले बताए। उनले भने, आवश्यकता र भौगोलिक विकटताका आधारमा डोटी जिल्लाका ९ वटै स्थानीय तहमा उपशाखा विस्तार गर्दै लैजाने छौं।