बिहीबारदेखि फुलबारी महोत्सव
स्थानीय कला संस्कृति, पर्यटन व्यापार र कृषि प्रवद्र्धन भन्ने मुल नाराका साथ भोलीदेखी फुलबारी महोत्सव हुने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ एचगाँउमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।
आयोजक न्यु बुद्ध स्पोर्टस युवा क्लवले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पूरा भएको जनाएको हो। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले गर्ने मुल आयोजक समारोहका संयोजक तथा बुद्ध स्पोर्टस क्लबका अध्यक्ष महेश गोलेले बताए।
उनकाअनुसार ८० भन्दा बढि व्यापारिक स्टल रहने महोत्सवमा स्थानीय कला संस्कृति र पहिचानलाई प्राथमिकता दिइएको छ भने पुष १४ गते सम्म चल्ने महोत्सवमा ४० देखी ५० लाख आम्दानी हुने विश्वास लिइएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने बताईएको छ।