सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडीमा चितुवाको आतंक

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ७, ०६:४४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलडाँडी क्षेत्रमा चितुवाले आतंक मच्चाएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चुतुवाले बेलडाँडी गाउँपालिका क्षेत्रमा दिउँसै ७  पशु चौपाया मारेको छ। गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रा गरी सात बढी चौपाया चितुवाले मारेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बताएको छ। शनिबार मात्रै बेलडाँडी गाउँपालिका वडा नम्बर २ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ।

साथै सोही ठाउँका शंकरदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ। तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो।


 

कमेन्ट लोड गर्नुस