सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज भारत र पाकिस्तानको म्याच

२०७८ कार्तिक ७, ११:३२ खबर संवाददाता

धनगढी: आईसीसी टी २० विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। भारत र पाकिस्तानका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने हुँदा यी दुईबीचको खेलमा चासो बढेका छ।

आज दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा खेल हुनेछ। भारत र पाकिस्तानले करिब दुई वर्षभन्दा बढी समयपछि एकअर्कासँग खेल्दैछ। टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हरेक खेलमा हराएको छ। पाकिस्तानले भने अहिलेसम्म भारतलाई हराउन सकेको छैन।

कमेन्ट लोड गर्नुस