बेलवारीमा अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगिता
मोरङ: फुटबल खेलको माध्यमबाट युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि मोरङको बेलवारीमा ‘चौथो अन्तरराष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने भएको छ।
डाँगिहाट युथ क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक ११ गतेदेखि सञ्चालन हुने फूटवल प्रतियोगितमा नेपाल तथा भारतका गरी आठ टिमको सहभागिता हुने जानकारी दिइयो। प्रतियोगितामा सशस्त्र प्रहरी बल, हिमालय शेर्पा क्लब, च्यासल क्लब काठमाडौँ, आयोजक डाँगीहाट युथ क्लब, मोरङ, रोलिङ क्लब, गाईघाट फुटबल क्लब, राजारानी क्लब, धनकुटा र रोयल फुटबल क्लब, सिलिगुडी ९भारत० रहेका छन्।
प्रतियोगितामा बिजेता टीमलाई रु पाँच लाख, उपबिजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए। क्लबका सचिव शम्भु बस्नेतले बेलबारी क्षेत्रलाई खेलकूद केन्द्रको विकास गर्न प्रतियोगिताले ठूलो मद्दत पुग्ने विचार राखे।
बेलबारीको लक्ष्मीमार्गस्थित प्रदेशस्तरीय खेलकुद मैदानमा १० हजार दर्शक अटाउने क्षमताको रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिने क्लबका सदस्य एवम् सञ्चारकर्मी नरेन्द्र बस्नेतले जानकारी गराए।