बझाङको खोटो कम्पनीको डिपोमा आगलागी
बझाङमा खोटो कम्पनीमा आगलागी भएको छ।आज दिउँसो करिब २ बजेतीर बझाङको जयपृथ्वी नगरपालिका ११ को भुपुरमा रहेको दिव्या रोजिन एण्ड टर्पेनटाईनको डिपोमामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक प्रविन धितालले जानकारी दिए।
उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। डोजर र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको उनले बताए।
आगलागीबाट भण्डार गरेर राखेको खोटो जलेपनि समयमै थाहा पाएपछि थप क्षती हुन नपाएको प्रहरी नायब उपरिक्षक धितालले बताए। आगलागीको कारण भने खुल्न सकेको छैन्।