सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन क्याम्पसका उपप्राध्यापकसहित २ जनाको दुर्घटनामा मृत्युु

२०७८ कार्तिक ३, ०६:३७ खबर संवाददाता

धनगढी : भारतको पिथौरागढमा जीप दुर्घटना हुदा बैतडीको पाटनका दुई जनाको मृत्युु भएको छ। पाटन नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय मदनमोहन जोशी र सोही वडास्थित खिपालीका ३९ वर्षीय दीपक अवस्थीको मृत्यु भएको हो। 

मृतक जोशी पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्। पुजाआजाको लागि गएका उनीहरु आज विहान दुर्घटनामा परेका हुन्। गङ्गा स्नानका लागि पिथौरागड बाट झुलाघाट तर्फ आउदै गर्दा दुर्घटनामा परेको त्यहाका संचारमाध्यमले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस