सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको श्रीकोट स्वास्थ्य चौकी पहिरोको जोखिममा, आँगन खस्यो

२०७८ कार्तिक २, ११:५७ खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदा गाउँपालिका–३ श्रीकोटमा रहेको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। आइतबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण श्रीकोट स्वास्थ्य चौकीको आँगन पहिरोले खसेको छ। 

अब चौकीको भवन खस्ने खतरा रहेको उक्त स्वास्थ्य चौकीमा कार्यरत दिपक विष्टले बताए। ‘भवनको तलतिरबाट गइरहेको पहिरोले जोखिम बढाएको छ’ उनले भने।  बैतडीमा पनि सोमबार साँझदेखि विद्युत र सञ्चार सेवा अवरुद्ध बनेको छ। 

कमेन्ट लोड गर्नुस