तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन डोटी प्रशासनको आग्रह
धनगढीः जिल्ला प्रशासन कार्यालय डोटीले सेती नदीको तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ।
असोज ३१ रातिदेखि कार्तिक ३ सम्म महाकाली, सेती, भेरी नदी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराई भई बग्ने स–साना नदीहरुमा पानीको बहाब बढ्नसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो।
मौसम पूर्वाअनुमान महाशाखाले पनि पानी पर्ने सम्भावना देखिएको बताएका बेला तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।