सुत्केरीको हेलिकप्टरमा उद्धार
बाजुराको खप्तड छेडेदह गाउँपालिका– १ काँडाबाट सुत्केरीको आज हेलिकप्टरमा उद्धार गरिएको छ । काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी हुन नसकेकी १९ वर्षीया रामकला नेपालीलाई हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज पु¥याइएको स्वास्थ्य चौकीका इञ्चार्ज रामचन्द्र यादवले जानकारी दिए । “समयमै अन्यत्र लैजान भनेका थियौँ, आर्थिक अवस्था कमजोर भएका कारण लैजान सकेनन्,” उनले भने । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाहको समन्वयमा नेपालीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।