चेन्नाइ सुपर किङ्सले जित्यो आईपीएलको उपाधि
२०७८ असोज ३०, ०९:५४
काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपिएल-२०२१)को उपाधि चेन्नाइ सुपर किङ्सले जितेको छ।
शुक्रबार राति सम्पन्न फाइनल खेलमा कलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाइले जित हासिल गरेको हो। चेन्नाइले पेश गरेको १९३ विजयी लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा १६५ रन मात्र बनाउन सक्यो। चेन्नाइ चौथोपटक आइपिएल च्याम्पियन बनेको छ।
कमेन्ट लोड गर्नुस