नेपालबिरुद्ध बंगलादेशको अग्रता (लाइभ हेर्नुहोस्)
काठमाडौं : साफ च्याम्पियनसिप फुटबलमा नेपालबिरुद्ध बंगलादेशले अग्रता लिएको छ। नेपालबिरुद्ध बंगलादेशले १(० को अग्रता बनाएको हो। खेलको ९औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका हुन्।
आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव छ। अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपालले आजको खेलमा कम्तीमा बराबरी गरेमा पनि फाइनल पुग्नेछ। नेपाल ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ।