बैतडीमा फूलपाती भित्र्याइयो
बैतडीः बैतडीको सदरमुकामस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले आज फूलपाती भित्र्याएको छ। गुल्मले आज निशानदेवीको पूजाआजा गरी फूलपाती भित्र्याएको हो।
जिल्ला सदरमुकाम गढीबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले शाहीलेकस्थित निशानदेवी भगवतीको मन्दिरमा बोका र कुभिण्डोको बलि दिनुका साथै पूजाआजा गरी सेनाको ब्यारेकभित्र फूलपाती भित्र्याएको हो। निशान भगवतीको मन्दिरमा जगन्नाथ मन्दिरका पुजारी हरिहर भट्टद्वारा पूजापाठ गरिएको थियो। उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सलामी अर्पण गरेका थिए।