बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु
२०७८ असोज २६, ०२:००
धनगढीः बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका -२ का ४५ वर्षिय नरबिर धामीको लडेर मृत्यु भएको हो।
सोमवार दाउरा ल्याउन वनमा गएका धामीको लडेर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। मृतक धामी भिरबाट करिब ४०० मिटर तल खसेका थिए।
कमेन्ट लोड गर्नुस