बैतडीको निङ्गलाशैनी मन्दिरमा जात्रा
बैतडीः बैतडीको दशरथचन्द नगरपालिका-२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरू भएको छ।
महासप्तमीका दिन फूलपाती भित्र्याएर विशेष पूजाआजासहित जात्रा सुरू भएको र महाष्टमीका दिन बलिसहित पूजाआजा गरेर सम्पन्न हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए।
यहाँ रांगाको बलि दिने भाकल गरेकाहरुले आज नै राँगा मन्दिरमा लगेर बाध्ने चलन रही आएको छ। जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।